कर्णालीका किसानलाई ब्याज अनुदान कार्यक्रम शुरु


दिपेन्द्र शर्मा, सुर्खेत ।

कर्णालीका किसानहरुका लागी ब्याज अनुदान कार्यक्रम शुरु गरिएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्णाली प्रदेशमा रहेर कृषि पेशामा लाग्ने र कर्णालीमै कृषि ब्यवसाय गर्न चाहने कृषकहरुका लागी कृषि ऋणमा ब्याज अनुदान सहुलियत दिन लागेको हो ।

मन्त्रालयले आइतवार वीरेन्द्रनगरमा कृषि ऋणमा ब्याज अनुदान सहुलियत सुुभारम्भ कार्यक्रम आयोजना गरि किसानका लागी ब्याज अनुदान कार्यक्रम शुरु भएको जानकारी गराएको हो ।

ब्याज अनुदान कार्यक्रम मार्फत कृषि तथा पशुुपन्क्षीको क्षेत्रमा किसानले २० प्रकारका कर्जा पाउने छन । यो कार्यक्रम अन्तरगत तरकारी उत्पादन, पशुपन्क्षी पालन,मौरी पालन व्यवसाय लगायतका २० प्रकारका कर्जा लिन सक्नेछन ।

कर्णालीका किसानहरुले कार्यक्रम मार्फत एक करोडसम्मको ऋणमा पाँच वर्षसम्म सात प्रतिशत ब्याज अनुुदान प्राप्त गर्नेछन ।
यस कार्यक्रमका लागी मन्त्रालयले चालु आर्थिक वर्षमा सात करोड रुपैयाँ बजेट व्यवस्था गरेको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्माले जानकारी दिनुभयो ।

व्यवसायिक कृषि तथा पशुुपन्क्षी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यक्रम कार्यविधि समेत तयार गरेर मन्त्रालयले यो कार्यक्रम संचालन गरेको सचिव शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली प्रदेशमा रहेका क, ख, ग र घ बर्गका बैँक तथा वित्तिय संस्थाहरु मार्फत किसानहरुले ऋण पाउने छन । ऋण लिने किसानले १० लाख भन्दा बढी ऋण लिनुु परे व्यवसायको विस्तृत परियोजना तयार गरेर पेश गर्नुपर्ने कार्यक्रममा व्यवस्था गरिएको सचिव शर्मा वताउनुभयो ।

कृषि आत्मनिर्भर गराउन ब्याज अनुदान ः मुख्यमन्त्री शाही

ब्याज अनुदान कार्यक्रमको सुुभारम्भ गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीको कृषिमा आत्मनिर्भर गराउन किसानका लागी ब्याज अनुदान कार्यक्रम लागु गरिएको वताउनुभयो । मुख्यमन्त्री शाहीले कार्यक्रमले कर्णालीमा कृषि क्षेत्रमा आत्मनिर्भर गराउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । किसानहरुलाई अनुदान भन्दा ब्याज अनुदान दिएर व्यवसायिक रुपम आत्मनिर्भर गराउन यो कार्यक्रम ल्याएको बताउनुभयो ।

कार्यक्रमा कर्णाली प्रदेश सरकारका प्रवक्ता एव भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले निम्न स्तरका किसानलाई समेत समेट्ने गरी सहुुलियत ऋण प्रवाहका लागि कानुुन निर्माणको चरणमा जानकारी दिनुभयो । व्यवसाय गर्न चाहाने मध्यम र ठूला किसानका लागि यो कार्यक्रम ल्याइएको मन्त्री केसीको भनाइ छ । ब्यवसायिक कृषि तथा पशुपालन व्यवसायको प्रवद्र्धन, कृषकहरुको रोजगारी वृद्धि र जीवनस्तर उकास्ने उद्देश्यले ब्याज अनुदान कार्यक्रम ल्याएको प्रवक्ता केसीले वताउनुभयो ।