आज कुन जिल्लामा कति संक्रमित थपिए (विवरणसहित) ?


काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रेस ब्रिफिङमा मन्त्रालयका मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले २९० महिला ६९० पुरुष गरी ९८० संक्रमित संक्रमित थपिएको बताए।

कहाँ कति थपिए ?

प्रदेश १ का जिल्लाहरुः
उदपयुरका एकजना, ओखलढुंगाका एकजना, झापाका २८ जना, ताप्लेजुङका एकजना, भोजपुरका एकजना, मोरङका २९ जना र संखुवासभाका ६ जना र सुनसरीका ८६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश २ का जिल्लाहरुमाः
धनुषाका १० जना, पर्साका २५ जना , बाराका ७३ जना, महोत्तरीका ३ जना,रौतहटका ८ जना, सप्तरीका११ जना, सर्लाहीका ५ जना र सिरहका ६ जनामा कोरोना पुष्टि भएको छ ।

बागमती प्रदेशका जिल्लाहरुः
काठमाडौंका २९० जना, काभ्रेका एकजना चितवनका ३० जना, दोलखाका ७ जना, धादिङका १०जना, भक्तपुरका ३२ जना, ललितपुरका ३२ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धुलीका २ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशका जिल्लाहरुः
कास्कीका २१ जना, गोरखाका ५ जना, तनहुँका ७ नवलपरासी पूर्वका १२ जना, लमजुङका २ जना, बाग्लुङका ३ जना र स्याङ्जाका २२ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुः
अर्घाखाँचीका ११ जना, कपिलवस्तुका ४ जना, दाङका ३ जना, नवलपरासीका २ जना, पाल्पाका १९जना,प्युठानका ४ जना, बर्दियाका ६ जना, बाँकेका ६ जना र रुपन्देहीका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशका जिल्लाहरुः
कालिकोटका एकजना, जाजरकोटका २ जना, जुम्लाका ५ जना, दैलेखका २ जना र सुर्खेतका ४४जनामा कोरोना पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशका जिल्लाहरुः
अछामका ११ जना, कंचनपुरका ३ जना, कैलालीका २१ जना, डडेल्धुराका २ जना र बझाङका१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।