बिराट मेडिकल कलेजका संचालक डा.कार्कीलाई कोरोना संक्रमण



काठमाडौँ (नेस) ।

बिराट मेडिकल कलेजका संचालकलाई कोरोना संक्रमणका साथै निमोनियाको समस्याबाट ग्रसित भएपछि हेलिकोप्टर चार्टर गरी त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

बिराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमानसिंह कार्की विराट नर्सिङ होमका संचालक हुनुहुन्छ । उहाँलाई कोरोना संक्रमण भएपछि आफ्नै नर्सिङ होममा र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराईदै आएको थियो ।

त्रिवि शिक्षण अस्पताल कोभिड – १९ नियन्त्रण समन्य समितिका सयोजक प्राडा शान्तकुमार दासले डा कार्कीलाई सामान्य निमोनिया देखिएको जानकारी गराउनुभएपनि अक्सिजनको आवश्यकता परेकाले अक्सिजन सपोर्ट दिएर राखेको जानकारी दिनुभयो ।

डा.कार्कीका साथमा श्रीमती पनि आउनुभएको र उहाँकोे थ्रोट स्वाब संकलन गरी उहाँलाई होम क्वारेन्टाईनमा बस्न सल्लाह दिएको डा.दासले बताउनुभयो ।

केही दिन अघि ज्वरो तथा खोकी देखिएपछि परीक्षण गर्दा डा कार्कीलाई कोरोना संक्रमण पुष्टि भै आफ्नै नर्सिङहोममा उपचार गराउँदा निको नभएर शुक्रवार धरान लगिएको र धरानबाट त्रिवि शिक्षण अस्पताल रिफर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्