ब्यारेकसहित प्रहरी कार्यालय भवन उद्घाटन

0
Shares

घनश्याम बगाले,नवलपरासी ।

पूर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालय परिसरमा वनेको नव निर्मित २ वटा भवनको उद्घटन गरिएको छ । जिल्ला सदरमुकाम स्थित कावासोती ८मा निर्मित जिप्रका भवन र ब्यारेक भवनको भवनको प्रहरी महानिरिक्षक ठाकुर ज्ञवालीले उद्घाटन गर्नु भएको हो ।

डिएफआईडीको सहयोगमा संचालित एमआईपी प्रोजेक्ट अन्तर्गत युएनओपिएस द्धारा निर्मित प्रहरी कार्यालय भवनमा १३ कोठा सहित २ तल्ला रहेको छ । यसरी नै प्रहरी प्रधान कार्यालयको नियमित बजेटबाट निर्मित ३ तले ब्यारेक भवनमा ३ ठूला हल सहितका ९ कोठा रहेकाछन् ।

भवन उद्घाटनका अवसरमा महानिरिक्षक ज्ञवालीले भवन निर्माणमा उल्लेखनीय भूमिका निभाउने ब्यक्ति तथा प्रहरी सेवामा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई शनिवार प्रशंसा पत्र वितरण गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा कावासोती नगर प्रमुख चन्द्रा पुन,प्रजिअ पिताम्बर घिमिरे,गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्याल लगायतको उपस्थिति रहेको थियो ।

यसरी नै प्रहरी बरिष्ठ उपरिक्षक द्धय कुवेर कठायत, नर बहादुर खत्री, जिल्ला स्थित सुरक्षा प्रमुखहरुको सहभागिता रहेको जिप्रका नवलपरसी पूर्वका सूचना अधिकारी प्रनाउ मोहन बहादुर खांणले बताउनु भयो ।