प्रदेश ५ मा शनिबार विभिन्न घटनामा ९ जनाको मृत्यु

0
Shares

यमलाल भुसाल,बुटवल ।

प्रदेश पाँचमा शनिवार विभिन्न घटनामा परि ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार प्रदेशमा शनिवार ४ जनाले झुण्डिएर, २ जना सवारी दूर्घटनावाट, १ जना पानीमा डुवेर १ जना वेवारिसे अवस्थामा र १ जनाको उद्योगको केरेनमा च्यापिदा मृत्यु छ ।

प्रहरीका अनुसार प्यूठान जिल्लाको सरूमारानी गाउपालिका ६, मोतीपुरमा नौबहिनी गाउपालिका ७ लुप्लुङबाट चुनढुंगा लिई दाङको कालाकाँटेतर्फ जाँदै गरेको ना.७ ख.८९३८ नं.को टिप्पर दूर्घटना हुदाँ चालक र सहचालकको मृत्यु भएको छ । टिप्पर सडकबाट करिव ६ मिटर तल खदाँ टिप्पर चालक नौबहिनी गापा.६ पिपलटारी बस्ने बर्ष ३० को रोशन थापा र सह चालक सोही स्थानका बर्ष २४ को झक बहादुर पुनको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ ।

त्यस्तै जिल्ला बाँके राप्तीसोनारी गा.पा.६ गुलरी स्थित फत्तेपुर सिचाईको नहरमा बाँके खजुरा गा.पा.३ बस्ने बर्ष ४९ को केशबराज लामिछाने मृत्य अवस्थामा फेला परेका छन । त्यस्तै रुपन्देही बुटवल उपमहानगर पालिका२ मैनाबगरको भित्रि बाटोको साइडमा अंन्दाजी ६० वर्षको तराई मुलको जस्तो देखिने पुरुष ब्यक्ती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिका३ डाडाखुटी बस्ने बर्ष २० को दुर्गा के.सी.आफ्नै घरको सुत्ने कोठाको दलिनमा झुण्डी आत्महत्या गरेका छन ।त्यस्तै जिल्ला रोल्पा रुण्टिगढि गा.पा.७ गैरा बस्ने बर्ष ५२ को नर ब.घर्तिले आफ्नो घरदेखि .२० मिटर पुर्वमा रहेको भिमलको रुखमा झुण्डि आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरि अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका ७ मडेलचौर बस्ने थानेस्वर सारुको श्रीमति बर्ष .६५ की नुमकला सारुले आफ्नै घरको पछाडिपट्टि बतासिमा झुण्डी आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।पाल्पा जिल्लाको माथागढी गाउँपालिका४ मर्मरा बस्ने वर्ष ४९ को बल ब.ओझा आफ्नो घर नजिक रहेको जमुनाको रुखमा झण्डी आत्म हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका ६ बिरपुर स्थित बिजय श्री स्टिल प्रा.लि.मा काम गर्दै आएको भारत उत्तर प्रदेश लखीनपुरखिर वस्ने बर्ष २४ को जिसान सलमानी केरेनमा च्यापिदा मृत्यु छ ।