सिमामा सशस्त्र प्रहरीको तीन बीओपी स्थापना

0
Shares

किरन धामी,दार्चुला ।

भारत संग सिमा जोडिएको नेपालको दार्चुला जिल्लाका विभिन्न सिमानाकामा आज एकै दिन सशस्त्र प्रहरी बलको तिन वटा बर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका‐७ जोलजिवी, लेकम गाउँपालिका‐३ लाली र ब्याँस गाउँपालिका‐२ दुम्लिङमा सशस्त्र प्रहरी बल नेपालको बर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको हो ।

जोलजिवी र लालीमा स्थापना गरिएको बिओपीको सुदुरपश्चिम प्रदेश सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथोकी स्वयम सहभागी भएर उद्घाटन गर्नु भएको हो, भने ब्याँस‐२ दुम्लिङको बिओपी फोन मार्फत उद्घाटन गर्नुभएको हो । जोलजिवि स्थित बिओपी उद्घाटन गर्दै सशस्त्र प्रहरी नायव महानिरीक्षक बुढाथोकीले सशस्त्र प्रहरीलाई प्राप्त विभिन्न कार्यादेश मध्ये सिमा सुरक्षा महत्वपुर्ण रहेको भन्दै जिल्लामा ४ वटा बिओपी स्थापना गरिएको बताउनुभयो ।

बिओपी स्थापनाले सिमा रक्षा, सिमा अपराध र अवैध ओसार पसार जस्ता क्रियाकलापहरु नियन्त्रण हुने बताउनुभयो । भारत संगको सिमामा स्थापना गरिएको बिओपीले सिमा अपराध, चोरी तस्करी नियन्त्रण गर्नुका साथै जनतालाई शान्ति सुरक्षा महसुस हुने मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि दार्चुलाको ब्याँस गाउँपालिका‐१ छाङ्गरुमा सशस्त्र प्रहरी बलको बर्डर आउट पोष्ट (बिओपी) स्थापना भइसकेको छ ।

तस्वीर : किरन धामी/दार्चुला