लकडाउनले महिला बालबालिका प्रभावित,खर्च नहुदाँ बजेट फिर्ता

0
Shares

बासुदेव शर्मा,जाजरकोट ।

महिला तथा बालवालिकाको सिप विकास तथा क्षमता विकासमा आएको बजेट समयमा खर्च गर्न नसक्दाँ फिर्ता भएको छ । समाजमा पछाडी परेको बर्ग महिला तथा वालवालिकाको क्षमता विकास र आत्मनिर्भर गरि सक्षम नागरिक निर्माण गर्न कर्णाली प्रदेश सामाजिक विकास निर्देशनालय सुर्खेतले विनियोजन गरि जाजरकोट पठाएको बजेट जस्ताको त्यस्तै गएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को संक्रमण वढेपछि नेपाल सरकारले लकडाउन गरेपछि जाजरकोटका पालिकाहरुमा गएर कार्यक्रम संचालन गर्न कठिन भएकोले महिला तथा बालवालिका तर्फको कार्यक्रममा खर्च हुने बजेट फिर्ता भएको कार्यालयले जनाएको छ ।

जाजरकोटका भौतिक संरचना अभाव भएका विद्यालयमा आवश्यकता हेरी भौतिक संरचना लगाएत महिला तथा बालवालिकाको क्षमता विकासलाई मुख्य प्राथमिकताका साथ काम गर्ने गरि स्थापना भएको सामाजिक विकास कार्यालयले महिला तथा बालवालिकाको क्षेत्रमा आएको बजेट कोरोना भाईरसका कारण खर्च गर्न नसकेको सामाजिक विकास कार्यालयका प्रमुख धन वहादुर विष्टले बताउनु भयो ।

विद्यालयमा भौतिक संरचना निर्माणको लागी जाजरकोटका सात वटै पालिकामा रहेका २२ वटा विद्यालयमा भवन र १ वटा कवर्ड हल तथा खेल मैदान निर्माणको लागी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट प्राप्त भएको पुजिगत तर्फको ७ करोड ५० लाख बजेट विनियोजन गरि विद्यालयलाई दिएकोमा हाल विद्यालय भवन निर्माणको काम अन्तिम चरणमा पुगेको प्रमुख विष्टले वताउनु भयो ।
सात वटै स्थानिय तहमा बजेट प्राप्त गरेका विद्यालयले भवन निर्माण गरेका छन् ।

भवन निर्माणको लागी २० लाख वजेट प्राप्त गरेको नलगाड बहुमुखी क्याम्पस दल्ली जाजरकोटमा भवन निर्माण गर्ने स्थानका विषयमा स्थानियहरुको विवादका कारण योजना संचालन गर्न समस्या भएको छ । अन्तिम समय सम्म विवाद समाधान गर्न नसकेपछि बजेट फिर्ता हुने बताउदै विकास निर्माणको लागी आएको बजेट विकासमै लगानी गर्न स्थानियहरुलाई आग्रह गरेका छौ भन्नु भयो ।

आफुले शिक्षा क्षेत्रमा लामो समय विद्यालय निरिक्षक पदमा वसेर विद्यालय तर्फका कार्यक्रम गरेकोले भवन निर्माणका विषयमा समस्या नभएको बताउनु भयो । भेरी नगरपालिकामा संचालन भएको वहु प्राविधिक शिक्षालयमा ६ कोठे भवन निर्माणको लागी ५० लाख बजेट विनियोजन गरिएकोमा आगामी वर्ष १ करोडको कार्यक्रम संचालन हुने वताउनु भयो ।

बालवालिकाको लागी प्राप्त भएको वजेटबाट भेरी नगरपालिका ६ भेरे लक्ष्मी माध्यामिक विद्यालयमा १ लाख बरावरको शैक्षिक सामाग्री बारेकोट गाउँपालिकाको नमुना वालविकास केन्द्र कार्की ज्युलामा शैक्षिक सामाग्री वितरण गरेको दृष्टि विहिन बालवालिकाहरुलाई गुणस्तरिय शिक्षा दिनको लागी चिप्लेटी अक्षर, रोडडी लगाएत उनीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गरेको प्रमुख विष्टले वताउनु भयो ।

महिला तथा बालवालिका तर्फका कर्मचारी अभावले समयमा संचालन गर्न नसकिएको हो । महिला, वालवालिकाहरुले आफना भित्रि कुराहरु सवैसग भन्न लजाउने भन्न नसक्ने भएकोले सरकारले महिला कर्मचारीको व्यवस्था गर्न सके संचालित कार्यक्रम प्रभावकारी हुने वताउनु भयो ।