धुलिखेल नगरपालिकाको सातौ सभाबाट आर्थिक विद्येयक र नीति तथा कार्यक्रम स्विकृत

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।

धुलिखेल नगरपालिकाको सातौ नगर सभाको दोश्रो बैठक नगर प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा बसेको छ । बैठकले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको १ अर्व ११ करोड ११ लाख ११ हजारको बजेट पास गरेको छ । सभामा उपप्रमुख विमलाकुमारी चौलागाई शर्माद्वारा आर्थिक वर्ष २०७५/२०७६ को यथार्थ तथा २०७६/२०७७ को शंशोधित स्थिती समिक्षा प्रगति प्रतिवेदन र धुलिखेल नगरपालिकाको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक विधेयक सभाका सदस्यहरुको छलफल पछि सर्वसम्वत पास भएको छ ।

त्यस्तै नगर प्रमुख अशोक ब्याञ्जुद्वारा प्रस्तुत नीति तथा कार्यक्रम पनि छलफल पछि सर्वसम्वतले पास भएको छ । उपप्रमुख विमला शर्मा चौलागाईले प्रस्तुत गर्नु भएको विनियोजन विधेयक माथीको छलफल जारी छ । नगर सभाको आगामी असार २१ गते बस्ने तेश्रो बैठकमा उक्त विद्येयकका बारेमा छलफल हुनेछ भने सभासद्हरुले नगरपालिकाका समग्र गतिविधिका बारेमा शुन्य समयमा आफ्नो धारणा प्रस्तुत गर्नु हुनेछ ।

सभामा नगरपालिका भित्र उत्पादन हुने दिसाजन्य लेदो ब्यवस्थापन नीति २०७७ टेबुल गरिएको छ । नगरको छैटौ सभामा प्रस्तुत भएको बन सम्वन्धी विधेयक समितिका संयोजक पुष्प राउतले प्रस्तुत गर्नु भएको थियो । उक्त विधेयक शंशोधन सहित पास भएको थियो । उक्त विधेयक पास गरेसँग छैटो सभा सम्पन्न गरिएको थियो ।

सातौ नगर सभामा नगर प्रमुख अशोककुमार ब्याञ्जूले कृषि, स्वास्थ्य, पर्यटन, शिक्षा, पूर्वाधार र गरिवी निवारणलाई प्राथमिकता दिएको बताउनु भयो । बजेट सीमाबाट चालू खर्च ५१ करोड ४ लाख ४० हजार अर्थात ४५.९४ प्रतिशत र पूजिगत तर्फ ६० करोड ६ लाख ७१ हजार अर्थात ५४.०६ प्रतिशत हुने गरी बाँडफाँड गरिएको छ ।

मेयर गरिवी निवारण कार्यक्रम, प्रत्येक नगरबासीको घरमा एकघर एकधारा, उपमेयर महिला उत्थान कार्यक्रम, उपमेयर सुत्केरी प्रोत्साहन कार्यक्रम, धुलिखेलको आवाजः छुवाछुत मुक्त समाज, विद्यार्थी शिक्षक साप्ताहिक भेटघाट, मेयरसँग विद्यार्थी, बालमैत्री नगर घोषणा, पूर्ण स्वस्थ शहर अभियान, १५ शैयाको सरुवा रोग सम्वन्धी अस्पताल स्थापना, मृगौला विरामीका लागि डाईलोसिस सेवा विस्तार, कोभिड कोषमा जम्मा भएको १ करोडमा थप ५० लाख, एक वडा एक उत्पादन, एक वडा एक नमुना सहकारी, एक सहकारी एक उत्पादन कार्यक्रम, एक खेलमैदान, एक पोखरी, एक नर्सरी र एक बाल उद्यान, मिडिया सेन्टरको स्थापना लगायतका महत्वपूर्ण कार्यक्रमहरु बजेटमा समेटिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

कोरोना रोगको जोखिमलाई मध्यनजर गरी ७० वर्ष माथिका सवै ज्येष्ठ नागरीक १५८४ जना, ६० वर्ष माथिका दलित ज्येष्ठ नागरीक ८५ जना र पूर्ण अपाङ्गता भएका व्यक्ति ७७ जना गरी जम्मा १७४६ जनाको रु ५० हजार बराबरको र नगरपालिका भित्र सरसफाइको लागि काम गर्ने २० जना सरसफाईकर्मीको १ लाख बराबरको कोरोना विमा गरिएको, नगरपालकाले लिने सवै प्रकारका व्यवसाय करमा लकडाउन अवधीभरको राजश्वमा दामासाहीले छुट दिईएको, नगरपालिकालाई तिर्न बुझाउन पर्ने सवै प्रकारका कर बक्यौता २०७७ आषाढ मसान्त सम्म बुझाएमा बक्यौतामा लाग्ने हर्जाना र जरिवाना शतप्रतिशत छुट दिइएको नगर प्रमुख ब्याञ्जुले उहाँले बताउनु भयो ।

नगरपालिकामा ५ करोड लगानीमा ६ सय सिट क्षमताको सभा हल निर्माण तथा २ करोड लागतमा पर्यटकीय दृष्टिले महत्वपुर्ण देविस्थान पार्कको निर्माण, धुलिखेलको मुख्य वजारमा सपिङ्ग कम्प्लेक्स निर्माण कार्य निर्माण, धुलिखेल मनोरञ्जन पार्कमा कोशेलीघर तथा पसल कवल निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । शैक्षिक हव, स्वस्थ शहर, बालमैत्री नगर जस्ता महत्वपूर्ण कार्यक्रममा नगरपालिकाले ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।