सशस्त्र प्रहरी जवान मृत फेला

0
Shares

सुभेन्द्र दास,लहान ।

सिरहा नगरपालिका–१४ खिरौनास्थित कुलोको डिलमा सशस्त्र प्रहरीका एक जवान मृत अवस्थामा फेला परेका छन् ।सिरहाको भन्सार कार्यालय माडरसँगै रहेको बोर्डर आउट पोस्टमा कार्यरत सशस्त्रका प्रहरी जवान मनोहरकुमार यादव कुलोको डिलमा मृत अवस्थामा फेला परेका हुन् ।

महोत्तरीको सोनमा गाउँपालिका–३ घर भई माडरमा खटिएका मृतक यादव सोमबारदेखि नै बोर्डर आउट पोष्टको सम्पर्कभन्दा बाहिर हुनुहुन्थ्यो ।मृतक यादवको शव मंगलबार दिउँसो १ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

मृतकको शवको प्रकृति हेर्दा यादवको हत्या भएको देखिएको र उक्त हत्याको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी नेपाल ७ नंं गण हेडक्वार्टर सिरहाको संयुक्त टोली घटनास्थलमै रहेको प्रनाउ घिमिरेले बताउनुभयो ।