प्रदेश ५ मा २ वटा विधेयक प्रमाणिकरण

0
Shares

यमलाल भुसाल,बुटवल ।

प्रदेश पाँचका प्रमुख धर्मनाथ यादवले मंगलवार २ वटा विधेयक प्रमाणिकरण गर्नु भएको छ । प्रदेश सभाको जेठ १७ गते र जेठ ३२ गते बसेको बैठकबाट पारित भएका वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसंभार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख यादवले प्रमाणिकरण गर्नु भएको प्रवक्ता चिरञ्जिवी पौडेलद्धारा जारी प्रेस नोटमा जनाईएको छ ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणिकरण गरिएको जनाईएको छ ।