सञ्चारकर्मीलाई मास्क सहित प्रेस ज्याकेट

0
Shares

मिला दरै,तनहुँ ।

दमौली युनेस्को क्लबले जिल्लामा क्रियाशील पत्रकारका लागि नेपाल पत्रकार महासंघको प्रेस अङ्कित ज्याकेट, सेनिटाइजर, मास्क लगायतको सामग्री वितरण गरेको छ । कोभिड–१९ को संक्रमणमा पनि अग्रपंक्तिमा खटिने सञ्चारकर्मीलाई सुरक्षा कवचको रुपमा सुरक्षित तवरबाट समाचार संकलनमा टेवा पु¥याउने उद्देश्यका साथ उक्त सामग्री प्रदान गरिएको हो ।

समाचार संकलनमा टेवा पु¥याउने उद्देश्यले सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ तनहुँमा पूर्व अध्यक्ष प्रदीप काफ्लेले बताउनुभयो । जिल्लाका अग्रपंक्तिमा खटिने ३२ सञ्चारकर्मीलाई ज्याकेट सहित उक्त सामग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मंगलबार दमौलीमा एक कार्यक्रमका वीच सञ्चारकर्मीलाई ज्याकेट प्रदान गर्नुभएको छ । नगर प्रमुख न्यौपानेले संक्रमणको जोखिम मोलेर जिल्लाका सञ्चारकर्मीले जनतालाई सूचना प्रदान गरी उदाहरणीय काम गरिरहेको बताउनुभयो ।

उहाँले व्यास नगरपालिकाले सञ्चार माध्यम र सञ्चारकर्मीहरुका लागि समेत विशेष योजना सहित आर्थिक वर्ष २०७७/७८ मा योजना निर्धारण गरी बजेट विनीयोजन गरिएको जानकारी गराउनुभयो ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीलाई क्लबले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । अध्यक्ष आचार्यले पूर्व अध्यक्षले सञ्चारकर्मीका लागि सामग्री सहयोगले काम गर्नमा प्रेरित गरेको बताउनुभएको छ ।