सहकारीद्वारा कृषि क्षेत्रमा ७ करोड बढी लगानी

0
Shares

यमलाल भुसाल,बुटवल ।

बुटवलको रारा कृषि सहकारीले कृषिमा आवद्व शेयर सदस्यहरुलाई प्रोत्सान गर्ने गरेको छ । कृषि क्षेत्रमा लगानी गर्दै आएको सहकारीले यस वर्ष धानखेती गर्ने शेयर सदस्यहरुलाई भौतिक सहयोग गरेको छ । विना धितो ३ लाख र धितोमा १५ लाखसम्म कृषिमा ऋण लगानी गर्दै आएको सहकारीले धानखेती गर्ने कृषकहरुको खेत रोपाईमा सहयोग गरेको हो ।

कृषक शेयर सदस्यहरुको कृषिमा मनोवल बढाउने उद्देश्यले व्यवसायिक धानखेती गर्नेहरुलाई सहयोग गरिएको सहकारीका सचिव भुपेन्द्र अर्यालले जानकारी गराउनुभयो ।  १७ औं धान दिवसको अवसरमा बुटवलको सेमलारमा धानखेती गर्ने सीता पन्थी, मनिसा रिजाल, रामप्रसाद पन्थी र रामकुमारी पन्थीको धान रोपाई गरिदिएर सहकारीले सहयोग गरेको हो ।

संयुक्त रुपमा धानखेती गर्दै आएका कृषकहरुको यस वर्षको धान रोप्ने काममा  सहकारीको तर्फबाट सहयोग गरिएको अध्यक्ष तुल्सीराम रिजालले बताउनु भयो । सहकारीका पदाधिकारी, सदस्य र शेयर सदस्यहरुको  सहभागितामा धान रोपाई गरिएको हो । कृषि कर्म गरौं आत्मनिर्भर बनौ. भन्ने नाराका साथ रारा कृषि सहकारीले कृषकहरुलाई सहयोग गरेको हो । व्यवसायिक कृषि गर्नेहरुका लागि सहकारीले ११ प्रतिशत व्याजमा लगानी गरेको छ ।

५ सय बढी शेयर सदस्य रहेको सहकारीको कुल पंूजी ८ करोड ५० लाख छ । ९८ लाख शेयर पंूजी रहेको सहकारीले कृषि क्षेत्रमा ७ करोड बढी लगानी गरेको छ । बुटवलको सेमलारमा भएको सामूहिक धान रोपाई सहकारीका अध्यक्ष तुल्सीराम रिजालको अध्यक्षता, पूर्व अध्यक्ष कलाधर पन्थीको आतिथ्या र सचिव भुपेन्द्र अर्यालको सञ्चालनमा एक कार्यक्रमका साथ धान रोपाई गरिएको थियो ।