सल्यानमा थप १५ जना कोरोना संक्रमण, संक्रमितको संख्या २०५ पुग्यो

0
Shares

सरिता चलाउने,सल्यान ।

सल्यान थप १५ जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बनगाड कुपिण्डे नगरपालिकाका १५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

भानुभक्त प्राथमिक विद्यालय खनियाखर्कको क्वारेनटाइनका २१ र बनगाड क्याम्पसको क्वारेनटाइनमा रहेका १९ गरी ४० जनाको स्वाब संकलन गरिएको मध्ये १५ जनाको कोरोना पोजेटिभ पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ ।

सोमबार मात्र दार्मा गाउँपालिकाका दुई कर्मचारी सहित पाँच जनामा कोरोना पुष्टि भएको थियो । कर्मचारीमा कोरोना संक्रमण भएसँगै दार्मा गाउँपालिकाका सम्पूर्ण कामकाज स्थगित भएका छन् ।

संक्रमितको संख्या २०५ पुग्यो

मंगलबार १५ जना थपिएसँगै सल्यानमा सक्रमितको सख्या २ सय ५ पुगेको छ । सबैभन्दा धेरी बनगाड कपिण्डे नगरपालिकाका १ सय १ सय ४९ जना रहेका छन् । भारतबाट मात्र उक्त नगरपालिकामा झन्डै चार हजार भित्रिएका छन् । शारदा नगरपालिकामा ३, बागचौर नगरपालिकाका ९, कुमाख गाउँपालिकाका १८, सिद्ध कुमाख गाउँपालिकाका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै त्रिवेणी गाउँपालिकाका ५, कपुरकोट गाउँपालिकाका १, कालिमाटी गाउँपालिकाका २, दार्मा गाउँपालिकाका १४ र सल्यान अस्पतालमा १ जना गरी २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढाले बताए ।

५४ जनाको विभिन्न आइसोलेसनमा उपचार

कोरोना संक्रमित मध्ये हालसम्म १ सय ५१ जना निको भएर घर फर्कि सकेका छन् । हाल सल्यान अस्पतालमा १, आइसोलेसन लुहापिङमा २८, मिसन अस्पताल चौरजहारीमा १, दार्मा आइसोलेसनमा ५ र बनगाड कुपिण्डेको आइसोलेसनमा १९ जना को उपचार भइरहेको छ । उपचारमा रहेका सबैको स्वास्थ्य स्थिति सामान्य रहेको बुढाको भनाई छ ।