पहिरोमा एक बालक बेपत्ता,घाईते बुवालाई होलिकोप्टरबाट उद्धार

0
Shares

न्युज अफ नेपाल,जाजरकोट ।

जाजरकोट भेरी नगरपालिका ११ जगतिपुरका दुई बर्षिय एक बालक पहिरोमा परि बेपत्ता भएका छन् । भेरी नगरपालिका ११ जगतिपुरका गणेश वरका दुई बर्षिय छोरा पुष्कर वर पहिरोमा बेपत्ता भएका हुन् । आईतवार राती अविरल वर्षका कारण घर नजिकै आएको पहिरोमा परि बेपत्ता बालकलाई दिनभर खोज्दा पनि फेला पर्न सकेका छैनन् ।

गंम्भीर घाईते गणेशलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरि कोहलपुर मेडिकल कलेज लगेको छ । घाईतेलाई सुर्खेत लगेपनि त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेजमा उपचारको लागी लिएको हो । राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माको पहलमा घाईतेको उद्धार भएको हो ।

घर नजिकैबाट परिहो आउन थालेपछि गणेश वरको परिवार पशु चौपायाको उद्धार गर्न निस्केको समयमा बालक बेपत्ता भएका हुन् । पहिरो आएपछि चौपायकाको उद्धार गर्न श्रीमति सहित बालक बाहिर निस्केको बेला आमाको काखमा थियो । श्रीमान पहिरोमा लडेपछि श्रीमानलाई वचाउन खोज्दा छोरालाई पहिरोले कता लियो थाहा भएन आमाले भन्नु भयो ।

पहिरोमा बेपत्ता बालकको खोजी भईरहेको प्रहरीले जनाएको छ । घर जनिर्क खहरे खोला भएकोले पहिरो त्यहि खहरेमा मिसिएको हुदाँ भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक प्रमुख किशोर कुमार श्रेष्ठले बताउनु भयो ।

स्थानियबासी र प्रहरीले दिनभर खोज्दा पनि बेपत्ता बालक भेटाउन नसकेको प्रहरी प्रमुख श्रेष्ठले वताउनु भयो । बर्षायम शुरु भएसगै पहिरो जान थाले पछि स्थानिय नागरिकहरु त्रसित बन्न थालेका छन् ।