दार्मा गाउँपालिकाका कर्मचारीमा कोरोना संक्रमण,तत्कालका लागि सबै सेवा बन्द

0
Shares

सरिता चलाउने,सल्यान ।

सल्यानको दार्मा गाउँपालिका थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गाउँपालिकाका दुई कर्मचारी र क्वारेन्टाइनमा बसिरहेका ३ जना गरी ५ जनामा सङ्क्रमण पुष्टी भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौमा गरिएको परीक्षणमा वडा नं १ का १ जना, वडा नं ५ का ३ जना र वडा नं ६ का १ जना कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ ।

कर्मचारीमा समेत कोरोना सङ्क्रमण पुष्टी भएसँगै गाउँपालिकाले तत्कालका लागि सबै सेवा प्रवाह बन्द गरेको जनाएको छ । उनीहरुलाई गाउँपालिकाले स्थापना गरेको आइसोलेसनमा राखिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमृत खड्काले जानकारी दिए । कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएकाले समुदाय स्तरमा नफैलियोस भनेर गाउँपालिकाका सबै नियमित कामकाज बन्द गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाका कर्मचारीमै कोरोना पुष्टी भएपछि गाउँपालिकाले सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र सङ्क्रमितको सम्पर्कमा आएकाहरुको मंगलबार स्वाव संकलन गर्दैछ । कोरोना पुष्टी भएपछि गाउँपालिकाले १० गते बजेट सार्वजनिक गरी १५ बस्नेगरी स्थगित गरेको गाउँसभा समेत अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरेको छ ।

दार्मा गाउँपालिकामा यसअघि पनि ९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । पुष्टी भएका ९ जना सबै निको भएर घर फर्किसकेका छन । दार्मा गाउँपालिकामा कोरोना संक्रमितको ंसंख्या १४ पुगेको छ ।