सबैभन्दा जेठो मानिएका वृद्ध कोरोना संक्रमण मुक्त

0
Shares

अद्दिस अवावा,(एजेन्सी)

कम्तिमा एक सय वर्ष उमेर हुनुपर्ने अनुमान गरिएका एकजना पुरुष कोरोना भाइरस संक्रमणको उपचारबाट निको भएपछि उनको उपचारमा संलग्न डाक्टरहरुले विविसि समक्ष खुशी र आश्चर्य प्रकट गरेका छन् । अवा तिलाहुन वोल्डेमाइकलका परिवारले भने उनको उमेर १ सय १४ वर्ष भएको र उनी विशवकै सबैभन्दा पाको उमेरका मानिस भएके दावी समेत गरेका छन् ।

तर उनको उमेर यकिन गर्नका लागि उनीसंग जन्म दर्ता प्रमाणपत्र नभएको बताइएको छ । अहिले उनको नातीले घरमा उनको हेरचाह गरिरहेका छन् । राजधानी अद्दिस अवावामा गरिएको कोरोना परिक्षण अभियानको क्रममा उनी पोजिटिभ भएको फेला परेको थियो ।

डा. हिलुफ एवेटले कोरोनाको लक्षण देखिनु अघि नै उनलाई अस्पतालमा भर्ना गरिएको बताएका छन् । चौंध दिन लामो उपचारको क्रममा उनलाई सात दिन जति अक्सिजना दिइएको थियो ।