आलु खेतीलाई व्यवसायीक बनाउन कृषकलाई मिनी ट्याक्टर

0
Shares

सरस्वति न्यौपाने,रसुवा ।

जिल्लामा आलुखेती खेतीलाई व्यावसायीक र आत्मनिर्भर बनाउन अनुदान स्वरुप कृषकलाई मिनिट्याक्टर र स्प्रेयर प्रदान गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई, आलुजोन संचालक समिति रसुवाको ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकबाट जम्मा २ सय प्रतिशत मा पहिलो चरणमा १२ वटा मिनी ट्याक्टर र २६ वटा स्प्रेयर उत्तरगया गाउँपालिका वडा नं. ५ बनुवा घुम्तीमा कृषक समुहमा आवद्ध कृषकहरुलाई आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित गरिएको ५० प्रतिशत अनुदान रकमबाट यस परियोजनामा सुचीकृत भएकाहरुलाई आवश्यकताहरु वितरण गरिएको जोज संचालक समितिका अध्यक्ष फुर्पु सिंगि तामाङले बताउनु भयो ।

उक्त वितरण कार्यमा उत्तरगया गाउँपालिका वडा नं. ५ को वडा अध्यक्ष इश्वर थापा जिल्ला समन्वय समिति रसुवा प्रमुख कुल प्रसाद भट्टको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।