कोरोना पोजिटिव घटाउन जाँच कम गर्न ट्रम्पको निर्देशन


टुलसा (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अत्यधिक संक्रमित देखिएकोले आफनो प्रशासनलाई कोविड १९ को जाँच कम गर्न भनेको बताए । ट्रम्पले चुनाव प्रचार र्यालीमा आफना समर्थकहरुलाई अमेरिकाले २ करोड ५० लाखको जाँच गरेको जुन कुनै पनि अन्य देशको तुलनामा अत्यन्तै धेरै भएको बताए ।
ट्रम्पले भने ( तर यसको नराम्रो पक्ष भनेको ब्यापक स्तरमा जाँच गरिनुले भाइरस संक्रमणको मामिला धेरै देखिएको छ । जब त्यो हदसम्मको जाँच गरिन्छ, धेरै भन्दा धेरै विरामी फेला पर्ने सम्भावना बढ्छ । त्यसैले मैले हाम्रा स्वास्थ्यकर्मीलाई कृपया जाँच कम गर्न भनेको छु ।
ट्रम्पले १ सय १० दिनमा आफनो पहिलो र्याली गर्ने फैसला गरेको थियो तर स्थानिय स्वास्थ्य अधिकारीहरुले यसबाट कोविड १९ को संक्रमण झन बढ्न सक्ने आशंका ब्यक्त गरेका थिए । र्यालीमा उपस्थित धेरै मास्क लगाएको थिए । हपकिंग्स विश्वविद्यालयको आंकडा अनुसार यस महामारीबाट अमेरिकामा अहिलेसम्म १ लाख २० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।
फ्लोरिडा, जर्जिय, टेक्सस र एरिजोनामा जुनको शूरुवाटबाट कोविड १९ ले मर्नेको संख्यामा बृद्धी भइरहेको छ ।