प्रहरी सुधार विधेयक प्रस्तावित

0
Shares

  • वासिंगटन,(एजेन्सी)

प्रहरी क्रुरता र रंगभेद नीति विरुद्ध हप्तौं लामो जनप्रदर्शनपछि अमेरिकी डेमोक्रेटहरुले कंग्रेसमा अमेरिकी प्रहरीमा सुधार ल्याउन व्यापक विधेयक अघि सारेका छन् । यस विधेयकले दुराचारी प्रहरीलाई कारवाही गर्न सजिलो हुने ,घाँटी अठ्याउने कार्य प्रतिवन्धित हुने र जातिवादी सम्स्याको सम्बोधन हुने बताइएको छ ।

मिन्नियापोलिसका विधायकहरुले त्यस शहरका प्रहरी फौजलाई यताउता छर्ने प्रतिवद्धता जनाएपछि यो विधेयक प्रस्तावित भएको हो । गोरा प्रहरी अधिकारी डिरेक चौभिनबाट जर्ज फ्लोइडको हत्या भएपछि परिवर्तनका लागि राष्ट्रिय दवाव सिर्जना भएको हो ।

तर अमेरिकी सिनेटमा बहुमत रहेको रिपब्लिकनहरुले यस प्रस्तवित विधेयकलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने स्पष्ट भइसकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिवटरमा लेखेका छन् , ‘कट्टरपन्थि डेमोक्रेटहरु प्हरी बललाई आर्थिक कोष बाट बन्चित गरी तिरस्कृृत गर्न चाहन्छन् तर माफ गर्नुहोस् म कानुन र सुरक्षा व्यवस्था चाहन्छुं । ’