रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा राजीनामा

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले राजीनामा दिएका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमार्फत् सञ्चार तथा सूचना प्रबिधि मन्त्राललाई उनले राजीनामाको पत्र पठाएक छन् । उनले

राजीनामापत्रमा आफूले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् ।

२०६९ मंसिर १९ मा डा। बाबुराम भट्टराई नेतृत्वको सरकारका संचारमन्त्री राजकिशोर यादवले उनलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । २०७३ माघ ६ मा तत्कालीन संचारमन्त्री राम कार्कीले उनलाई पुनः नियुक्ति गरेका थिए ।

रेडियो नेपालको कार्यकारी निर्देशकमा ७ बर्ष ५ महिना २० दिन बिताएका उनको दोस्रो कार्यकाल ८ महिना बाँकी थियो । ८ महिनाअघि उनले राजीनामा दिएका छन् ।