गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुग्यो


न्युज अफ नेपाल, पोखरा ।

गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

म्याग्दिमा १०, पूर्वीनवलपरासीमा १२, बागलुङमा ११, जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा। विनोद विन्दु शर्माले जनाएका छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।