अर्घाखाँचीमा ३१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३६ पुग्याे


न्युज अफ नेपाल, अर्घाखाँची।

अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । सोमबार एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भए सँगै ३६ पुगेको हाे । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।

भारतबाट गृह जिल्ला आएर स्थानीय सरकारले बनाएका क्वारेनटाइनमा बसेकाको स्वाब परीक्षण गर्दा ३१ जनामा कोरोना रोगको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

उनीहरु कुन ठाउँको क्वारेन्टाइनमा बसेका भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ।

यसअघि जिल्लाका शितगंगा नगरपालिकाको ठाडाको ज्योति माविको क्वारेन्टाइन बसेका ३६ वर्षीय पुरुष र पाणिनी गाउँपालिकाको ८ पालीका कमला माविमा रहेका दुईजना भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय  पुरूषरहेका छन ।

अर्घाखाँचीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भइसकेको छ। भूमिकास्थान नगरपालिका-९ का ३४ वर्षीय को नेपाल आउने क्रममा बाटोमा मृत्यु भएको थियो र उनको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ पुष्टि थियो ।