यी जिल्लामा कोरोनाको संक्रमण छैन


न्युज अफ नेपाल, काठमाडाैँ ।

कोरोना भाइरसको संक्रमण नेपालका ७१ जिल्लामा फैलिसकेको छ। पछिल्लो पटक रोल्पामा पनि संक्रमित देखिएपछि अब ६ जिल्ला मात्र सुरक्षित देखिएका छन्।

प्रदेश-१ मा इलाम र ओखलढुंगा कोरोना संक्रमणबाट सुरक्षित छन्। यस्तै, वागमती प्रदेशको रसुवा अहिलेसम्म सुरक्षित छ। गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङ पनि अहिलेसम्म कोरोना संक्रमणबाट सुरक्षित छन्।

इलाम, ओखलढुंगा, रसुवा, मनाङ, मुस्ताङ, पश्‍चिम रुकुम हालसम्म कोरोना भाइरसको संक्रमणबाट सुरक्षित देखिएका छन्।

तीमध्ये सबैभन्दा बढी प्रदेश-२ मा देखिएका छन्। सबैभन्दा कम वागमती प्रदेशमा ९२ जना मात्र संक्रमण देखिएको छ।

सुदूरपश्‍चिमका नौवटै, कर्णाली प्रदेशका १० मध्ये नौ, प्रदेश-५ का १२ वटै, गण्डकी प्रदेशका ११ मध्ये नौ, वागमती प्रदेशका १३ मध्ये १२, प्रदेश-२ का आठवटै र प्रदेश-१ का १४ मध्ये १२ जिल्लामा कोरोना संक्रमित देखिएका छन्।

नेपालमा हालसम्म कोरोना संकमण जित्नेको संख्या ४ सय ६७ पुगेको छ । नेपालमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १४ जनाले ज्यान गुमाएका छन् भने ४ सय ६७ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

त्यस्तै विश्वभर करीब ६९ लाखमा कोरोना संक्रमण पुष्टि भएको छ।

गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण नेपालमा पहिलोपटक १० माघमा पुष्‍टि भएको थियो।