अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन दबाब !


न्युज अफ नेपाल, काठमाडौँ ।

बजेटमा अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी एमसीसी घुसाइएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई हटाउन नेपाल कम्युनिस्ट पार्टीभित्र दबाब बढेको छ ।

नेकपा स्थायी समिति सदस्य भीम रावल एमसीसी बजेटमा घुसाएकोमा रावलको आक्रोश देखिएका छन ।

बजेटमा कर वृद्धि र कम गर्दा कमिशनको खेल भएको विषय चर्को रुपमा उठिरहेको छ । रावलले भने– ‘चकलेटमा कर घटाउने र कृषि मलका कर वृद्धि गर्ने ।’

चकलेटमा १० प्रतिशत कर घटाउँदा करोडौंको कमिशनको खेल भएको चर्चा चलिरहेको छ । विराटनगरको सांघाई ग्रुपसँग मिलेर कर घटाएर चलखेल गरेको आरोप खतिवडामाथि लागेको छ ।

यसैगरी, कृषि मलको कर वृद्धिलाई रहस्यमय मानिएको छ । मल बढी विक्री हुने मौसममा कालाबजारीले मल भित्राइसकेको र कर वृद्धि गरी मुल्य चर्को बनाएर लाभ लिने नियत देखिन थालेको छ । मलको हाहाकार गराउने समुह अहिले सक्रिय भइसकेको छ ।

त्यस्तै आईतबार नेकपा सांसद नविना लामाले संसदमा बजेटबारे दफावार छलफलका क्रममा बोल्दै अर्थमन्त्री खतिवडाको आलोचना गरिन् ।

बजेटको १६६ धारामा सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नति गर्ने जिम्मेवारी निजी क्षेत्रबाट संचालित विद्यालयलाई दिने उल्लेख गरेबाट लामाले खतिवडालाई चुनाव लड्नुनपर्ने भएकाले पार्टी र सरकारलाई समेत अप्ठ्यारोमा पार्ने विषय राखेको टिप्पणी गरिन् ।