गाई फार्ममा आगलागी, १४ लाख बराबरको क्षती


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौंको कागेशवरी मनोहरा नगरपालिका – ४ मुलपानीमा रहेको एउटा गाई फार्ममा आगलागी भएको छ ।

गाई फार्ममा गएराति आगलागी हुँदा दुई लाख रूपैयाँ पैसा, पाँच वटा गाई र गाईलाई खुवाउने दाना जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

खड्क ढकालले मुलपानीमा सञ्चालन गरेको गाई फार्ममा भएको आगलागीबाट १४ लाख १८ हजार ५ सय रूपैयाँ बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।