बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिँदा वर्षा



न्युज अफ नेपाल, काठमाडौं ।

बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिँदा मुलुकभरको मौषममा बदली आएको मौसमविद्ले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायुको प्रभावका साथै बंगालको खाडीबाट मुलुकमा भित्रिको जलवाष्पयुक्त वायुले गर्दा मौषममा बदली आईरहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

यसको प्रभाव मुख्य गरी काठमाडौं लगायतका मुलुकको मध्य र पूर्वी भू–भागमा परी बदली भईरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘केहि दिन अघिदेखि विकसित यो प्रणाली आइतबारसम्म देखिन सक्ने सम्भावना छ ।’, महाशाखाकी मौसम्विद् कँडेलले भन्नुभयो–‘काठमाडौं उपत्यकासहित मध्य र पूर्वी भू–भागको यसको प्रभाव छ ।’

प्रिमनसुनका समयमा यो सामान्य प्रक्रिया भएको भन्दै सामान्य रुपमा लिन मौसमविद् कँडेलको भनाई छ । ‘यो अबधी भने मनसुन सुरु हुन लागेको अवधि भएकोले यसलाई सामान्य रुपमा लिनु पर्छ । तर हावाहुरी र मेघगर्जन, चट्याङबाट पनि बच्ने उपाय अपनाउनु पर्छ।’, उहाँले सुझाब दिनुभयो ।

पश्चिमी वायु र स्थानीय वायुमा बंगालको खाडीबाट आएको वायु मिसिँदा विशेष गरी लामो समयसम्म पानी पार्न सहयोग पुग्ने बादलको विकास हुने गर्दछ । जुन बादलले गर्दा निरन्तर मौसममा बदली भई रहन्छ । मनसुनका समयमा बंगालको खाडीको जलवाष्पयुक्त हावाले काम गरेको गर्दछ । जसले गर्द दुई महिनासम्म निरन्तर पानी पर्दछ ।

प्रतिक्रिया दिनुहोस्