एनआरएन युएईद्वारा १ सय ७५ पीपीई सहयोग



भूपराज बस्याल, स्याङ्जा ।

गैरआवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद युएईले नेपालका विभिन्न हस्पिटलहरुमा १७५ सेट पीपीई हस्तान्त्रण गरेको छ ।

हाल नेपालमै रहेका संस्थाका महासचिब निश्चल दहालको संयोजनमा उपाध्यक्ष मनु क्षेत्री, सचिब एम डी बोहोरा तथा सचिब ओमकार पोख्रेलको टिमले पीपीई बितरण कार्यक्रम सम्पन्न गरेको हाे ।

बितरणको अन्तिम दिन बिहीबार लुम्बिनी पार्देशिक हस्पिटलमा २५ सेट पीपीई बितरण गरिएको र बाँकी मेचि अंचल अस्पताल २० सेट, कोरोना विशेष अस्पताल चितवन २५ सेट, सेती अंचल अस्पताल २५ सेट बीपी मेमोरियल धरान घोपा २२ सेट, कोशि अस्पताल बिराटनगर २० सेट नेपालगंज मेडिकल कलेज कोहलपुरमा ३८ सेट यस अघिनै बितरण भैसकेको सचिब ओमकार पोख्रेलले बताउनुभयो ।

लुम्बिनी पार्दे्शिक हस्पिटल बुटवलका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर राजेन्द्र खनाललाई हस्पिटल प्राङणमा हस्तान्त्रण पश्चात एनआरएन युएईलाई धन्यबाद दिँदै बिगत नाकाबन्दीको बेलामा पनि एनआरएन ए बाट नेपालका विभिन्न ठाउहरुमा धेरै सहयोग तथा राहत सामाग्री सहयोग भएको कुरा बताउनुभयो ।

स्थानीय समाजसेवी तथा नेपाल तरुण दल देबदह नगरका अध्यक्ष मोहोन जिसि, नेपाली काङ्रेस देबदह नगर सदस्य हिमाल मल्ल, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिका कोषाध्यक्ष खगेन्द्र गैह्रे, मिडियाकर्मी मुक्ती सुवेदी तथा लुम्बिनी पार्दे्शिक हस्पिटलकी कर्मचारी सन्ध्या केसी लगायतको उपस्थितिमा हस्तान्त्रण गरिएको थियो भने हस्तान्त्रणका लागि युएईबाट संस्थाका सचिब केशब नेपालले समन्वय गर्नुभएको थियो ।

उता युएई स्थित कोरोना महामारीको कारणले पर्न सक्ने बिपतीलाई मध्यनजर गर्दै संस्थाका अध्यक्ष प्रकाश कोइरालाको संयोजनमा कोरोना उद्दार मुल समिती गठन गरि खाना बस्न समस्यामा परेका नेपालीहरुलाई संस्थाका उपध्यक्ष पासाङ शेर्पाको संयोजनमा करिब दुईहप्ता देखि राहात खाना सामाग्री बितरण गर्दै आइरहेका छ्न भने अर्का उपाध्यक्ष नरेश सेनको संयोजनमा समस्यामा परेर नेपाल जान चाहानेहरु नेपालीहरुको अनलाईन बिबरण संकलन गरि नेपाल फर्काउने पहलको लागी नेपाली राजदुताबास अबुधाबी तथा नेपाल सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्