मोटरसाईकल दुर्घटनाः चालक युवाको मृृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर ।

भक्तपुरमा बिहीवार साँझ भएको मोटरसांंईकल दुर्घटनामा एक युवाको मृृंत्यु भएको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका–३ कौशलटारस्थित अरनिको राजमार्गमा भएको दुर्घटनामा मोटरसांईकल चालक मध्यपुर थिमि ५ का ३० वर्षीय अजय श्रेष्ठको मृंत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौंतर्फ जाने क्रममा पानी परेर चिप्लो भएको सडकमा बा. ३९ प. ५७४१ नम्बरको मोटरसांंईकल दुर्घंटना भएको हो । प्रहरीका अनुसार मोटरसाइकल आफै अनियन्त्रित भई सडकको रेलिङमा ठक्कर खाएको थियो । दुर्घटनामा गम्भीर घाईते भएका श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमीमा लगिएकोमा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्