खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ       


दोलखा,

आफ्नै दाइ ५८  वर्षीय दुर्गा बहादुर खड्कालाई खकुरी प्रहार गरी हत्या गरेको अभियोगमा शैलुङ गाउँपालिका-३ गोथ्ले बस्ने ५२ वर्षीय राम बहादुर खड्कालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयलाई लिएर राम बहादुरले दाइलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मागापौवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुर्गा बहादुरको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरेहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।