लन्डन, (एजेन्सी)
जर्मनी राष्ट्रिय फुटबल टिमले कोरोना संक्रमितहरूका लागि २५ लाख युरो सहयोग गर्ने भएको छ। जर्मनीको राष्ट्रिय टोलीका प्राविधिक निर्देशक ओलिभर बियरहोफले हालै एउटा भिडियो सार्वजनिक गर्दै उक्त कुरा बताएका हुन्।
उनले भने– ‘कोरोनाविरुद्ध लड्न मानिसले ठूलो ह्दय बनाउनुपर्छ र यसको शुरुआत हामी गर्दै छौं। सबै पैसा जर्मनी राष्ट्रिय टोलीको प्रशिक्षक, स्टाफ र खेलाडीबाट संकलन गरेर सहयोग गर्ने निर्णय गरेका हौं।’
‘यो कोषले खेलकुद क्षेत्रका लागि मात्र नभई कोरोना संक्रमित सबैका लागि सहयोग हुनेछ।’ –निर्देशक बियरहोफले बताए। बियरहोफ जर्मनी तथा एसी मिलानका पूर्व खेलाडीसमेत हुन्।











प्रतिक्रिया