नेपाल र इंग्ल्यान्डबीचको खेल स्थगित


काठमाडौं, (नेस)
नेपाली राष्ट्रिय फुटबल टोली र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने पहिलो मैत्रीपूर्ण खेल स्थगित भएको छ।
आगामी वर्ष जेठ १२ गते इंग्ल्यान्डमा हुने भनिएको उक्त खेल कोरोना भाइरसकै कारण स्थगित गरिएको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएअनुसार अर्को सूचना प्रकाशित नहुन्जेल सो खेल स्थगित भएको छ।
एन्फा र इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) बीच गत माघमा दुईवटा मैत्री खेलका लागि सम्झौता भएको थियो। सम्झौताअनुसार पहिलो खेल इंग्ल्यान्डमा र दोस्रो खेल नेपालमा खेल्ने सहमति भएको थियो।