राता मकै सद्भावना दूत


नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ललितपुर इमाडोल निवासी लोकप्रिय हास्यव्यंग्य अभिनेता किरण केसी ‘रातामकै’ लाई सद्भावनादूत (गुडविल एम्वेसडर) नियुक्त गरेको छ।
सरकारले विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा हालै राजधानीमा आयोजित एक विशेष कार्यक्रममा अभिनेता केसीलाई उपभोक्ताको हक, हित र अधिकारका लागि आप्mनो क्षेत्रबाट दिँदै आएको योगदानको कदरस्वरुप आगामी दुई वर्षका लागि सद्भावनादूत नियुक्त गरेको हो।
उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको, वाणिज्य, आपूर्ति र उपभोक्ता हित संरक्षण विभागले उपभोक्ता अधिकार सद्भावनादूतका रुपमा उनलाई नियुक्त गरेको हो।
उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टले अभिनेता केसीलाई सद्भावनादूतमा मनोनित गरिएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। कार्यक्रममा उक्त मन्त्रालयका सचिव वैकुण्ठ अर्याल विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी तथा राष्ट्रिय सूचना आयोगका निवर्तमान प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटासमेतको उपस्थिति थियो।