गोल्डकप विजेतालाई १० लाख

0
Shares

हेटौंडा, (नेस)
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा हुने तेस्रो संस्करणको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशि बृद्धि गरिने भएको छ । गत वर्ष विजेता र उपविजेतालाई क्रमशः नगद ८ लाख र ४ लाख प्रदान गरिएको थियो । यस वर्ष विजेतालाई १० लाख र उपविजेतालाई ५ लाख प्रदान गरिने आयोजकले जनाएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फागुन २९ बाट खेल सञ्चालन अनुमति दिएकोमा विभिन्न गोल्डकपको मिति जुधेकोले आयोजकले एक महिनापछि मिति मागिएको थियो । चैत २९ गते हुने प्रतियोगिताका लागि जिल्लाका स्थानीय तहले ६५ लाख सहयोग गर्ने भएको छ ।
विधागत् उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई जनही २५ हजार, हरेक खेलको म्यान अफ दी म्याचलाई १० हजार र प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार रुपियाँ प्रदान गरिनेछ ।