मनकामनालाई फुटसल उपाधि

0
Shares

काठमाडौं, (नेस)
मनकामना स्कुलले प्रथम अन्तरविद्यालय सेभेन ए साइड मेयर कप छात्र फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
आरुबारी युवा क्लबद्वारा आयोजित प्रतियोगिताको फाइनलमा मनकामनाले सांग्रिला पब्लिक स्कुललाई सडन डेथमा पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । उपाधिसंगै मनकामनाले २५ हजार नगद पुरस्कार हात पा¥यो भने सांग्रिला पब्लिक स्कुलले १५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।