शसिन र दिपेश बिजेता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
ललितपुरका शसिन डङ्गोल र दिपेश शाक्य किङ्गकम क्लब बानेश्वरको आयोजनमा भएको दशौं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याििम्पयन भएका छन् ।
सोमबार आयोजकको प्राङ्गणमा भएको प्रतियोगितामा योङ्गस्टार क्लब ललितपुरका शसिन र दिपेशको जोडीले आयोजकका बिकास चन्द्र राई र यम रानाको जोडीलाई २१ । १८, ११ । २१, २१ । १८ ले पराजित गर्दै उपाधी हात पारेका छन् । विजेता र उपबिजेताले क्रमशः ४० हजार र २५ हजार नगद प्राप्त गरे ।