रेडनलाई उपाधि

0
Shares

काठमाडौं, (नेस)
रेडन कलेजले प्रथम गाइडेन्स अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
गाइडेन्स एजुकेसन एन्ड भिसा सर्भिसद्वारा आयोजित प्रतियोगिताको फाइनलमा रेडनले एमआरएम कलेजलाई ३–१ गोलले पराजित ग¥यो । रेडनका राजु रिमालले २ तथा रजिन पाण्डेले १ गोल गरे ।
एमआरएमका उपेन्द्र राईले १ गोल फर्काए । उपाधिसंगै रेडनले २० हजार तथा एमआरएमले १५ हजार नगद पुरस्कार हात पारे । एमआरएमका उपेन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए भने रेडनका आशिष डंगोल उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर १० गोल गरेका जेभियरका रोनिश श्रेष्ठ सर्वाधिक गोलकर्ता बने ।