घाँटी रेटी हत्या भएको अवस्थामा युवतीको शव भेटियो

0
Shares

न्युज अफ नेपाल, सल्यान ।

सल्यानमा एक युवतीको घाटी रेटी हत्या भएको छ ।

आज बिहान जिल्लाको त्रिबेणी गाउँपालीका वडा नम्बर १ तल्लो काभ्रामा युवतीको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

आफ्नै घरको करिब २० मिटर टाढाको दुरीमा अन्दाजी १७ बर्षिय युवती कबिता बोहराको गाई बस्तु बाध्ने खुल्ला ठाउँमा घाटी रेटेर हत्या गरेको अवस्थामा फेला परेको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार युवती बोहराको हतियार प्रयोग गरी घाटीको स्वास नली काटिएर उत्तानो परेको अवस्थामा शव फेला परेको छ । शव बिहान १ बजे फेला परे पनि स्थानीयले प्रहरीलाई बिहान ३ बजे मात्र खबर गरेका थिए ।

घटना भएको ठाउँमा कुनै हतियार फेला नपरेकाले हत्या किन र कसरी भयो भन्ने बारेमा अनुसन्धान भैरहेको डिएसपी खतिवडाले बताउनु भयो । घटना स्थलमा ईलाका प्रहरी कार्यालय लुहामको टोली खटिएको छ” प्रहरी नायव उपरिक्षक खतिवडाले भन्नुभयो “हत्याको आशंका गरिएको छ, अनुसन्धानको लागी नेपालगञ्जबाट कुकुर सहितको टोली आउदैँ गरेको उहाँले बताउनु भयो ।

परिवारका अनुसार युवती राती ९ बजे सम्म कोठामै बसेर पढिरहेको थिईन । राती हेर्दा कोठामा नभेटिएपछि १ बजे घर नजिकै हत्या भएको अवस्थामा फेला परेकी थिईन ।

Skip This