वुहानमा रहेका नेपालीलाई बुधबारसम्ममा स्वदेश फर्काउछाैँः जनसंख्या मन्त्रालय



न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले चीनको वुहानमा रहेका सबै नेपालीहरूलाई बुधबारसम्ममा नेपाल ल्याइसक्ने बताएको छ। जनसंख्या मन्त्रालय स्रोतकाअनुसार बुधबारसम्ममा नेपालीहरूलाई स्वदेश फर्काइने तयारी भइरहेको छ।

वुहानमा करिब १ सय ९० जना नेपाली रहेको सरकारी तथ्याङ्क रहेको छ। नेपाल सरकारले चीनबाट फर्किन चाहनेलाई आइतबार बिहानसम्म फारम भरिसक्न दिएको समयसम्म करिब ३ सयभन्दा बढीले मात्र फाराम भरेका छन्। फर्किनेमध्ये हुबेई प्रान्तमा रहेका नेपालीलाई प्राथमिकतामा राखिएको छ।

मन्त्रालयले नेपाली सेनाको नवनिर्मित भवन, आर्मी ब्यारेक, सशस्त्र प्रहरी क्याम्प, सरकारका केन्द्रीय अस्पतालका हलहरु, इचंगु नारायणमा रहेको सुकुम्बासीका लागि बानाइएको आवास, स्टाफ कलेज, भक्तपुरको नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र, कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताल परिसर, बोडेस्थित कृषि तालिम केन्द्रमध्ये एक ठाउँमा राख्नेसमेत तयारी भएको जनाएको छ।

नेपालमा हालसम्म हुबेई प्रान्तको वुहानबाट आएका एक नेपालीलाई कोरोना भाइरस देखिएको छ भने चीनबाट नै आएका शंक्कास्पद १३ जनामा र्यालको नमुना परीक्षण गर्दा १० जनाको रिर्पोटमा केही नदेखिएको तर ३ जनाको रिर्पोट आउन बाँकी रहेको मन्त्रालयका स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापनले जनाएको छ ।

चीनबाट आउने सबैलाई चीनको विमानस्थलमा स्वास्थ्य परीक्षण गरिने र नेपाल आइपुग्नेलाई पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरिनेछ । कोरोना भाइरस संक्रमण नभई स्वस्थ रहेका व्यक्तिलाई ल्याएर राख्न लागिएकाे हाे ।

चीनबाट फैलिइरहेको कोरोना भाइरसबाट फिलिपिन्समा पनि एकजनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । संगठनले यो भाइरसले रोगप्रतिरोधात्मक क्षमता कम भएका मानिसहरू जस्तै वृद्धवृद्धा, बालबालिका र गर्भवती महिलामा बढी जोखिम हुने जनाएको छ ।

यो भाइरस घरपालुवा जनावरबाट नसर्ने देखिएको छ्रैन तर यस्ता जनावर छोएर वा चलाएपछि राम्रोसँग हातखुट्टाको सरसफाई गर्नुपर्ने जनाएको छ ।

काठमाडौंमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुई जहाज तयारी अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

अहिलेसम्म अन्य देशले पनि विमान चार्टर गरेर आफ्ना नागरिकलाई स्वेदश फिर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्