न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठकमा विवादित बनेको मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को अध्ययन गरी सुझाव दिन वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्य कार्यदल गठन गरेको छ ।
केन्द्रीय कमिटीको जारी बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे अध्ययन गरी सुझाव दिन पूर्वप्रधानमन्त्री खनाल नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गर्नै घोषणा गर्नुभएको हो । कार्यदल सदस्यमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल रहनुभएको छ ।
कार्यदलले अबको १० दिनभित्रमा एमसिसीको अध्ययन गरेर पार्टी केन्द्रीय सचिवालयलाई सुझाव दिनेछ । खनाल नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा सचिवालय बैठकले एमसिसी के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।











प्रतिक्रिया