न्युज अफ नेपाल, काठमाडौं ।
प्रधानमन्त्री समेत रहनुभएका नेकपाका अध्यक्ष केपी शर्मा अोलीले केन्द्रीय समितिको बैठक सम्पन्न भएसँगै प्रधानमन्त्री निवास वालुवाटारमा केन्द्रीय सदस्यहरुलाई रात्रीभोज दिने भएका छन् ।
बिभिन्न १५ समूहका तर्फबाट प्राप्त सुझाव र प्रश्नहरुमाथि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यस्तै संगठनात्मक प्रतिवेदन र बिधान संशोधन प्रस्तावमाथिको जवाफ महासचिव विष्णु पौडेलले जवाफ दिनुहुनेछ ।
केन्द्रीय कमिटी बैठकमा भाग लिन आएका केन्द्रीय सदस्यहरुलाई प्रधानमन्त्री ओलीले आइतबार साँझ रात्रिभोज दिन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।











प्रतिक्रिया