ऐजेन्सी । चीनको वुहानबाट फर्किएका एक भारतीय विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यस अघि भारतको केरलामा रहेका एक व्यक्तिमा भाइरस भेटिएको हो ।
चीनबाट उद्दार गरी ल्याइएका व्यक्तिहरुलाई केरलाको थ्रिसुरमा स्वास्थ्य परिक्षण गरिएको थियो । उक्त परिक्षणमा वुहानबाट फर्किएका एक विद्यार्थीमा आइतबार कोरोनाको संक्रमण भेटिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनी जनवरी २४ मा वुहानबाट केरला फर्किएका उनलाई अहिले आइसोलेसन वार्डमा राखेर उपरचार भइरहेको बताइएको छ । केरालाभर १७ सय ९३ जना निगरानीमा रहेको र ७० जनालाई आइसोलेसन वार्डमा राखिएको इन्डियन एक्सप्रेसले जनाएको छ । भारतले शनिबार ३२३ भारतीय र माल्दिभ्सका ७ नागरिकलाई चीनको वुहानबाट फिर्ता ल्याएको थियो । त्यसैगरी बाँकी अन्य भारतीय नागरिकलाई फिर्ता ल्याउन एयर इन्डियाको अर्को विमान वुहानका लागि उडेको छ ।
कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको छ भने १४ हजारभन्दा बढी मानिसमा संक्रमण फेला परेको छ । यस्तै, चिन बाहिर पहिलो पटक नोभेल कोरोना भाइरसका कारण फिलिपिन्समा एकजनाको मृत्यु भएको छ ।











प्रतिक्रिया