न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयले सम्बोधन गर्दैछन् ।
गत बुधबारबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुबारे प्रचण्डले जवाफ दिने भएका हुन् ।
‘राजनीतिक प्रतिवेदनमा उठेका विषयहरुको बारेमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुहुने,’ सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने,’ सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावको बारेमा महासचिवले उत्तरित गर्नुहुनेछ। त्यसपछि, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव पारित गर्ने प्रक्रिया र समसामयिक प्रस्तावहरु अगाडि बढ्नेछ।’
अन्त्यमा, आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली उपस्थित भएर बैठकलाई सम्बोधन गर्ने प्रवक्ता श्रेष्ठले बताए।
नेकपाले छलफलका लागि १५ समूह गठन गरेको थियो । समूह नेताले शुक्रबार र शनिबार आफ्नो समूहमा उठेका विषयलाई पूर्ण बैठकमा प्रस्तुत गरिसकेका छन्।
टोली प्रमुखहरुले समूहगत बैठक पछि उठाएका विषयबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बसिरहेको छ । अध्यक्षले पार्टी बैठकमा जवाफ दिनुअघि सचिवालयको धारणा बनाउन बैठक बसेको हो ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकार बारे उठेका प्रश्नहरुको जवाफ दिने र महासचिवले सांगठनिक र विधान संशोधन बारे पेश गरेको प्रतिवेदनमाथि नेताहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।











प्रतिक्रिया