सुदूरमा पाँचौंपटक हिमपात


बैतडी, (नेस)।

बैतडीसहित सुदूरपश्चिमका उच्च पहाडी भू–भागमा हिमपात भएको छ। बुधबार हिमपात भएसँगै यस वर्ष यहाँ पाँचौंपटक हिमपात भएको छ। गत मंसिर अन्तिम साता सुदूरपहाडमा पहिलोपटक हिमपात भएको थियो।

बुधबार जिल्लाको दशरथचन्द राजमार्गअन्तर्गत खोडपे, सतबाँझ, जयपृथ्वी राजमार्गको श्रीभावर, ढोल्यामोड क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ। यसका साथै जिल्लाका अन्य स्थानमा पनि हिमपात भएको छ।

पाँचौँ पटकको हिमपातले अत्यधिक चिसो बढेको छ। चिसोका कारण यहाँको जनजीवन प्रभावित बनेको स्थानीय बासिन्दा डम्बर बोहराले बताउनुभयो।

वर्षा र हिमपातका कारण बाहिर निस्किन नपाएको र बस्तुभाउको स्याहारमा समेत समस्या हुनुका साथै जनजीवन कष्टकर भएको बोहराको भनाइ छ।

यो वर्ष लगातार भएको वर्षा र हिमपातले हिउँदेबालीमा क्षति पुगेको छ। सुरुको वर्षा र हिमपातले बालीनालीलाई फाइदा पुर्याएको भए पनि लगातार वर्षा र हिमपात हुँदा हिउँदेबालीमा क्षति पुगेको किसान राजबहादुर टेरको भनाइ छ।

लगातारको वर्षा र हिमपातले फलफूल र गहुँबालीमा क्षति पुर्याएको हो। हिमपातका कारण जिल्लाको दुर्गम सिगास गाउँपालिकाको कामकाज समेत प्रभावित भएको छ। गाउँपालिका केन्द्र गर्जेमा हिमपात चिसो बढेकाले कामकाजमा समेत समस्या भएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।