डुंगा पल्टियो


इस्तानबुल, (एजेन्सी)।

टर्कीको पश्चिमी समुद्री तटमा डुंगा पल्टिँदा मृत्यु हुने ११ जना आप्रवासीमध्ये आठ जना बालबालिका रहेको आइतबार सरकारी सञ्चार माध्यमले जनाएको छ। ग्रिक आइलन्ड अफ चिओस सामु रहेको एजिअन तटस्थित पर्यटकीय रिसोर्ट सेस्मेको जलीय क्षेत्रबाट अन्य आठ जनालाई उद्धार गरिएको थियो।

मृतकहरूको नागरिकता पहिचान हुन सकेको छैन। ग्रिस भएर युरोप प्रवेश गर्न चाहने अवैध आप्रवासीहरूका लागि टर्की प्रमुख मार्ग हो। अधिकांश आप्रवासीहरू आफ्ना मुलकमा व्याप्त हिंसा र गरिबीका कारण अवसरको खोजीमा युरोप जाने गर्दछन्।