ईयुद्वारा अस्विकार


नयाँदिल्ली, (एजेन्सी)।

विदेशी कूटनीतिज्ञहरुको उक्त टोली भारत प्रशासित काश्मिरको दुई दिवसीय भ्रमणका लागि प्रस्थान गरेका छन्। मोदी सरकारको निमन्त्रणमा भएको उक्त भ्रमणलाई युरोपेली संघका प्रतिनिधिहरुले अस्वीकार गरेका छन्।

भारतको निमन्त्रणामा अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाली देशका करिब १५ कूटनीतिज्ञ श्रीनगर प्रस्थान गरेका छन्। ईयूका केही सदस्य यो टोलीमा रहेको र उनीहरुले त्यहाँ जान अस्वीकार गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। युरोपेली संघका करिब २५ सदस्यको एक टोलीले गत वर्ष अक्टोबरमा काश्मिरको भ्रमण गरेका थिए।्