कार दुर्घटनामा परी मलेसियामा दुई नेपालीको मृत्यु



क्वालालम्पुर ।
कार दुर्घटनामा परी मलेसियामा दुई नेपालीको मृत्यु भएको छ।  काठमाडौं घर भई मलेसियाको निलाईमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका राजु श्रेष्ठ र सुर्खेत घर भएका रमेश पोखरेलकाे क्वालालम्पुर स्थित एयरपोर्ट जाने राजमार्गमा कार दुर्घटनामा मृत्यु भएकाे हाे ।

बिहीबार बिहान करिब साढे ५ बजे कम्पनिमा खाना पुर्याएर फर्किने क्रममा बिपरित दिशाबाट आएको लोरिले ठक्कर दिँदा गाडिमा सवार दुबै जनाको मृत्यु भएको थियो। राजु करिब ७ बर्ष देखी मलेसियामा रेष्टुरेन्ट ब्यावशाय गर्दै आएका थिए भने रमेश सोही रेष्टुरेन्टमा कार्यरत थिए।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्