पक्राउ पुर्जि


टोक्यो, (एजेन्सी)।

जापानका सरकारी वकिलहरुले भगौडा निसान कम्पनीका पुर्व अध्यक्ष कार्लोस गोस्नकी पत्नीलाई मंगलवार पक्राउ पुर्जि जारी गरेका छन्।

अनुसन्धानकर्ताहरुले उनकी पत्नी क्यारोल गोस्नले गत अप्रिलमा टोक्यो अदालतमा झुठो वयान दिएको आशंका गरिएको बताएका छन्। डिसेम्वरमा जमानतामा रिहा भएके मौका छोपेर गोस्न जापानबाट सुटुक्क भागेर आफ्नी पत्नी बसिरहेको स्थान लेवनानको राजधानी वेरुतमा पुगेका थिए।

जापानले लेवनानबाट उनको सुपुर्दगीका लागि प्रयास गरिरहेको छ। यद्यपि जापान र लेवाननबिच सुपुर्दगी सम्झौता भएको छैन। क्यारोलले आफ्नो पक्राउ पुर्जिप्रति दुख व्यक्त गरेकी छन्।