छाउँगोठ भत्काउन प्रहरी गाउँमा, स्थानीय त्रसित…



ललित सिंह, बझाङ्ग ।

महिलाहरु महिनाबारी हुँदा घर भन्दा बाहिर बस्नका लागी निमार्ण गएिका छाउँगोठ भत्काउँन बझाङ्गमा प्रहरी प्रशासनले सक्रियता देखाएको छ ।
प्रमुख जिल्ला अधिकारीसहित प्रहरी प्रमुख लगायत जनप्रतिनिधिसहित महिला अधिकार क्रर्मीहरुको टोली छाउँगोठ भत्काउन गाउँबस्तीमा जान थालेपछि छाउँगोठ बढी भएका क्षेत्रमा स्थानीयबासिहरु डराएका छन् ।
यो साता देखि प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे आफै प्रहरी साथमा लिएर सदरमुखकाम नजिकका बस्तीहरुमा छाउँगोठ भत्काउन हिडे पछि स्थानीयहरु आफै छाउागोठ भत्काउन थालेका हुन । अधिल्ललो साता प्रहरी प्रशासनको टोलीले जयपृथ्बी नगरपालिका ९ सेलाखेतमा गएर छाउँगोठ भत्काउन निर्देशन र सचेतना जगाए पछि गाउँमा रहेका सात वटा छाउँगोठ भत्काएको जयपृथ्बी नगरपालिका ९ का वडाअध्यक्ष नवराज कोईरालालले बताउनु भयो ।

छाउँगाेठ भत्काउन नमानेका गाउँलेहरुले प्रशासनको टोली पुगे पछि सबैले आ-आफ्रना छाउँगोठ भत्काएका हुन् । आईतबार प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहितको प्रहरीको टोली जयपृथ्बी नगरपालिका ११ धार्मीलेखमा जाँदा त्यस गाउँमा रहेका ११ वटा छाउँगोठहरु भत्काएका थिए । सुरुमा हामीले गाउँलेहरुलाई भेला गरेर छाउँपडि कुपर्थाको सुधार गर्न र अन्य सामाजिक कुरिती बिभेदहरु हटाउन सचेतना दिएका थियौ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भने एउटा छाँउगोठ प्रहरीले भत्काएपछि अन्य गोठहरु त्यहाँका बिद्यार्थी किशोरीहरुको सहभागितामा भत्काएको थियो ।

धार्मीलेखमा केहि बुढापाकाहरुले देबिदेउताको डरले छाउँपडि घरभित्र राख्न नसकिने भन्दै छाउँगोठ भत्काउन असमर्थन गरे पनि छाउँगोठ भत्काउन प्रहरी संग छोरी बुहारी साथै बिद्यार्थी बालबालिका सरिकभएपछि भत्काउनु पर्छ भनेर नारा जुलुस गदै अभियान चाले पछि सवै भत्काउन लागेका थिए ।

सामाजिक कुरीतिले जरागाडेको छाउँपडि प्रथा र छाउँगोठहरु भत्काउन गृहमन्त्रालयको परिपत्र आएपछि जिल्ला प्रशासनले जिल्ला भरी छाउँगोठको डाटा लिन प्रहरीलाई निर्देशन गरेको छ । हामीले सबै पालिकामा रहेका छाउँगोठको डाटा लिनेकाम सकेका छौ प्रहरी नायब उपरिक्षक गणेश बहादुर बमले भने अब धमाधम जिल्ला भरीका छाउँगोठ भत्काउने अभियान चलेको छ । प्रहरीका अनुसार जिल्ला भरी तीन सय जति छाउँगोठ रहेका वताएका छन ।

जिल्लाको चिरबित्थड, बुङ्गल नगरपालिका , थलारा, दुर्गाथली ,छबिसपाथिभेरा ,सुर्मा गाउँपालिकामा छाउँगोठहरु न्युन भए पनि खप्तडछान्ना,जयपृथ्बी नगरपालिका, साईपाल, मस्टा, तलकोट, गाउँपालिकामा छाउँगोठ बढी रहेको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ ।

यस अगाडी जिल्लाका स्थानियतह र केहि गैरसरकारी संस्थाहरुले छाउँगोठ भत्काउने अभियान चलाए पनि तर त्यो अभियान सफल हुन सकेको थिएन् । अहिले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख सहित जनप्रतिनिधिहरुको टोली छाउँगोठ भत्काउन जुटे पछि स्थानीयहरुमा डर जागेको छ । प्रशासनले गाउँलेहरु संग भेलाहुँदा र नागरिता बितरण गर्दा पनि सेवाग्रहिहरुलाई सोधपुछ गरी छाउँगोठ भत्काउन र नभत्काए तीन बर्ष जेल र तीन हजार जरिवाना गर्ने भने पछि अहिले जिल्लामा छाउँपडि प्रथा सुधार गर्न सर्बसाधारणलाई बाध्यँता भएको छ ।

सामाजिक कुरितिका रुपमा रहेको छाउँपडि प्रथाका कारण छाउँगोठमा बसेर अछाम,बाजुरामा महिलाहरुको मृत्यु भए पछि सरकारले छाउँगोठ भत्काउन निर्देशन दिएको हो । बझाङ्गमा भने अहिले सम्म छाउगोठमा बसेर कुनै पनि महिलाको मृत्यु भएको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्