सीएएविरुद्ध प्रस्ताव



नयाँ दिल्ली, (एजेन्सी)

भारतको केरल राज्यको विधानसभाले मंगलबार नागरिकता संशोधन कानुन (सीएए) रद्द गर्ने माग गरिएको एक प्रस्ताव पारित गरेको छ। केरल सीएएको विरोधामा प्रस्ताव पारित गर्ने पहिलो राज्य बनेको छ।

यसअघि पश्चिम बंगाललगायत केही गैर भाजपा शासित राज्यले सीएएको पालना नगर्ने घोषणा गरेका थिए। तर विधानसभाबाट प्रस्ताव पारित गरी आफ्नो विरोध दर्ता गर्ने केरल पहिलो राज्य भएको छ। सीएए धर्म निरपेक्षको दृष्टिकोणले देशको संरचनागत स्वरुपको विरुद्ध भएको केरल मुख्यमन्त्री पिनाराई विजयनले बताए।

प्रतिक्रिया दिनुहोस्