न्युज अफ नेपाल, काठमाडौं ।
सोमबार सुन चाँदीको मूल्य घटेको छ ।
आइतबार प्रतितोला ७१ हजार २०० मा कारोबार भएको छापावाला सुन सोमबार प्रतितोला ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आइतबार प्रतितोला ७० हजार ९ सय रहेको तेजाबी सुन सोमबार प्रतितोला ७० हजार ७ सय मा कारोबार भइरहेको छ ।
चाँदीको मूल्यमा पाँच रुपैँया घटेपछि प्रतितोला ८३५ मा कारोबार भइरहेको छ ।